कामना सेवा विकास बैक र एट्टिक रेष्टुरेण्टबीच १०% सम्म छुट प्रदान गर्ने सम्बन्धी मर्चेन्ट सम्झौता

कामना सेवा विकास बैक र एट्टिक रेष्टुरेण्टबीच १०% सम्म छुट प्रदान गर्ने सम्बन्धी मर्चेन्ट सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र एट्टिक ग्रुप (Attic Group Pvt. Ltd. ) बीच मिति २०८० असोज २ गते मङ्गलबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित ब्ततष्अ च्भकतबगचबलत Attic Restaurant ले प्रदान गर्ने रेष्टुरेण्ट सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।