काठमाडौं – आइसिएफसि फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते २२ औं वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीले मंसिर २९ गते बौद्ध बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा सो सभा बिहान १० बजे बोलाएको हो। सभाले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले मंसिर १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भईँ कायम शेयरधनीहरुले कम्पनीको सो सभामा सहभागिता जनाउन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।



About Us
प्रतिक्रिया