आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने अध्यक्ष ढकालको भनाई

आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने अध्यक्ष ढकालको भनाई


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने बताएका छन् ।

काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

ढकालले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताएका छन् ।

व्यावसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने उनको भनाई छ ।

कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यावसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक ऊर्जा थपिने विश्वास उनले व्यक्त गरे ।