सरकारको नीति स्थिर नभएका कारण अटो क्षेत्रमा व्यवसायीले खुलेर लगानी गर्न नसकेको अध्यक्ष थापाको भनाई 

सरकारको नीति स्थिर नभएका कारण अटो क्षेत्रमा व्यवसायीले खुलेर लगानी गर्न नसकेको अध्यक्ष थापाको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारको नीति स्थिर नभएका कारण अटो क्षेत्रमा व्यवसायीले खुलेर लगानी गर्न नसकेकोे बताएका छन् । 

जाम नेपाल र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहकार्यमा अटो क्षेत्रको वर्तमान अवस्थाबारे अन्र्तक्रिया कार्यक्रममा बोल्दै थापाले यसतो बताएका हुन् । 

उनले सरकारमा नयाँ व्यक्ति आउँदा पूरै नीति नै परिवर्तन गर्ने परिपाटीले गर्दा अटो व्यवसायको स्थिति नाजुक र धरासायी बन्दै गएको बताए ।

अटो व्यवसायीहरूले सरकारको बजेट र मौद्रिक नीतिलाई हेरेर मात्रा लगानी गर्न सकिने परिस्थिती रहेको थापाको भनाई छ ।

थापाले सवारी साधनलाई अनउत्पादक र विलासिता वस्तुको सूचिबाट हटाउन सरकारसँग अग्रह समेत गरेका छन् । उनले सबै सवारी साधनलाई एउटै सूचिमा राख्न नहुने र त्यसलाई वर्गाीकरण गरेर व्यवसायीलाई सहज बनाउनु पर्ने माग राखेका छन् ।

नाडा अटो शो २०२३ का मेला संयोजक अनुप बरालले सरकारले अटोमोबाइल्स क्षेत्रलाई हेर्ने दृषिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।