मकर जितुमाया सुरी हाईड्रोपावरले बोलायो १७ औं बार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले मंसिर २६ गते आफ्ना शेयरधनीहरुलाई १७ औं वार्षिक साधारण सभामा बोलाएको छ। कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सूर्य इभेन्ट, काठमाडौं महानगरपालिका बुम्बाराही, आनन्दनगरमा सो सभा बोलाएको हो।उक्त सभा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीको २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्नेछ। त्यस्तै, आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

साथै, कम्पनीले गत आर्थिकको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १२ गते शेयरधनी दर्ता किताव बन्द (बुक क्लोज) गर्ने भएको छ। जसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन्।