बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेप तथा कर्जा लगानी कोषले २०८० असोज ४ गते आफ्नो स्थापनाको गौरवशाली ४९औं वर्ष पूरा गरी ५०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा बैंकिङ्ग क्विज तथा बैंकिङ्ग अनुशासन सचेतनाको लागि Walkathon र 5K Fun Run प्रतियोगिता आयोजना गर्न लागेको छ । सो कार्यको लागि कोषले क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था लगायत अन्य सर्बसाधारणहरुको सक्रिय सहभागीताको लागि पत्राचार समेत गरेको छ ।
आयोजना हुने कार्यक्रमहरुको विस्तृत विवरण देहाय बमोजिम रहेको छ ।
कार्यक्रमः
(क) बैंकिङ्ग क्विज प्रतियोगिता
मितिः २०८० भाद्र २९ गते शुक्रबार
स्थानः सेलिब्रशन हाईट, सुकेधारा
समयः दिउँसो २ः०० बजे
सहभागीः नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाका कर्मचारी
(ख) Walkathon र 5K Fun Run
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा डबली
मितिः २०८० भाद्र ३० गते शनिवार
समयः विहान ६ः३० बजे
सहभागीः कोषका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र अन्य
बैंकिङ्ग क्विज तथा 5K Fun Run का विजयी प्रतियोगीहरुलाई कोषले उचित पुरस्कारको व्यवस्था गरेको समेत जानकारी गराएको छ । यस सम्बन्धमा कोषको वेबसाइट www.dcgf.gov.np मार्फत थप जानकारी लिन सकिने छ ।
प्रतिक्रिया