काठमाडौं – यतिबेला सुनको मूल्यले प्रत्येक साता र महिनामा नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले सुनको मूल्य प्रतितोला २ लाख ५० हजार आसपासमा कारोबार भइरहेको छ। खासगरी, विश्व बजारमा सुनको मूल्य बढ्दा प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको हो।
मूल्य बढेसँगै नेपालीहरूले पनि सुनमा लगानी बढाउन थालेका छन्। चालू आर्थिक वर्षमा असोज महिनासम्मको अवधिमा ६०० किलोग्राम सुन नेपाल भित्रिएको तथ्यांक छ। यसबाट, नेपालमा सुन किन्ने ग्राहक बढेको बुझ्न सकिन्छ। यस्तो अवस्थामा सुन किनेर पनि घरमा राख्न भने असुरक्षित महसुस हुन सक्छ । यहीकारण, सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामा सुन राख्दै आइरहेका छन्।
बैंकहरुमा हुने लकर पानी, आगोबाट केही नहुने खालका हुन्छन्। यदि, लकरको चाबी नै ग्राहकलाई सुम्पिने हुँदा बैंकको लकर भित्रको सामान पग्लिँदा, हराउँदा बैंक जिम्मेवार नहुने गरी पहिले नै बैंकले सम्झौता गरेको हुन्छ।
यी वस्तु राख्न बैंकले दिँदै आएका छन् ‘लकर सुविधा’बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै लकर सुविधा उपलब्ध गराउँदै आएका छन्। बैंकको लकरमा कानूनी रूपमा निषेध, अवैध वस्तु तथा पदार्थबाहेक ग्राहकहरूले राख्न चाहेको धेरै कुरा सुरक्षित रूपमा राख्न सकिन्छ। धेरैजसो समयमा भने बैंकको लकरमा महत्त्वपूर्ण कागजात, सुनचाँदी जस्ता बहुमूल्य धातु लगायतका सामान राख्ने गरेको पाइन्छ।
निश्चित समय सीमा तोकेर बैंकहरुले सुन राख्न चाहने ग्राहकलाई लकर उपलब्ध गराउँछन्। ग्राहकले बैंकलाई लकर सेवा प्रयोग गरेबापत निश्चित रकम बुझाउनुपर्ने हुन्छ। बैंकलाई रकम बुझाएपछि बैंकले ग्राहकलाई लकरकाे तालाचाबी दिएको हुन्छ। बैंकले निश्चित समयलाई लकर दिएपछि बैंकका कर्मचारीले ग्राहकले लकरमा कस्ता वस्तु राखेका हुन्छन् भने खानतलासी गर्न पाउँदैनन्। तर, कानुनले निषेध गरेका सामान नराखेको भन्दै ग्राहकहरूले स्वघोषणा गर्नुपर्ने व्यवस्था छ।
बैंकहरूले प्रदान गर्ने लकर सेवाका वार्षिक शुल्क बैंक र लकरको आकार अनुसार फरक–फरक हुन्छ। बैंकको लकर भाडा वार्षिक रूपमा करिब ३००० देखि १२००० वा सोभन्दा बढीसम्म पर्न सक्छ।
यसो हुनाले लकर सेवा निकै सुरक्षित स्थानको रूपमा पनि विकसित हुँदै गइरहेको छ। बैंकहरुको लकर प्रयोग गर्न सम्बन्धित बैंकमा बचत तथा चल्ती खाता खोलेको हुनुपर्छ। जो कोहीले पनि आफ्नो चल्ती वा बचत खाता भएको बैंकमा हामीले लकर सेवा लिन सकिन्छ। बैंकमा खाता खोलिसकेपछि लकर प्रयोगका लागी बैंकको आफ्नै नियम रहने हुँदा बैंकको नियमअनुसार न्यूनतम बचत गरेपछि मात्रै लकर सेवा प्रयोग गर्न सकिन्छ।
सामान्यतया बैंकहरुले लकर सुविधाका लागी धरौटीबापत रकम राखेका हुन्छन्। जुन राखिएको रकम लकर छोड्ने बेलामा फिर्ता दिन्छ। बैंकहरुले लकर प्रयोग गरेबापत वार्षिक शुल्क वर्षमा एक पटक लिने गरेका छन्। सामान्यतया बैंकहरूमा पाँच इन्चदेखि १६ इन्च उचाई, ७ देखि २१ इन्च र २० इन्च लम्बाइका लकरहरु हुन्छन्। बैंकहरुपिच्छे लकरको आकार फरक हुन्छ। यस्तै, ग्राहकले लकर सेवा प्रयोग गर्दा लिएको लकरको साइजअनुसार आफ्नो सामान राख्न सकिन्छ।
धेरै सामान भएमा ठूलो लकर र सिमित सामान राख्नुपर्दा सानो लकर लिन सकिन्छ। आफूले बैंकबाट लकर लिएपछि बैंकले आधा लकर र पुरै लकर भरी सामान राख्न मिल्ने नमिल्ने व्यवस्था भने गरेको हुँदैन। आफूले लिएको लकरको साइजअनुसार जति पनि सामानहरू राख्न पाइन्छ।
लकर चोरी भए वा क्षति पुगे के हुन्छ ?
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगलागीले हिमालयन बैंकको बत्तिस पुतली शाखा पूर्ण रूपमा ध्वस्त हुँदा बैंकको सो शाखामा रहेको दुई सय ५० लकरमध्ये २५ वटा लकरमा क्षति पुग्यो। जसमा २५ वटा लकर क्षति हुँदा त्यहाँ रहेको गरगहना पग्लिएको र आकार बिग्रिएको थियो।
बैंकहरुमा हुने लकर पानी, आगोबाट केही नहुने खालका हुन्छन्। यदि, लकरको चाबी नै ग्राहकलाई सुम्पिने हुँदा बैंकको लकर भित्रको सामान पग्लिँदा, हराउँदा बैंक जिम्मेवार नहुने गरी पहिले नै बैंकले सम्झौता गरेको हुन्छ। सामान्यतया बैंकमा हामीले राख्ने निक्षेपको समेत बीमा हुने गरेपनि यस्तो लकरको भने बीमा पनि हुँदैन। जसकारण समान हराएमा ग्राहक आफै जिम्मेवार बन्नुपर्छ।
कुन बैंकको ‘लकर’को पैसा कति ?
बैंकहरूले प्रदान गर्ने लकर सेवाका वार्षिक शुल्क बैंक र लकरको आकार अनुसार फरक–फरक हुन्छ। बैंकको लकर भाडा वार्षिक रूपमा करिब ३००० देखि १२००० वा सोभन्दा बढीसम्म पर्न सक्छ। यस्तै, बैंकहरुले छुट्टै सुरक्षा डिपोजिट पनि राख्ने गरेको हुन्छ । जुन पैसा लकर सेवा बन्द गर्दा फिर्ता हुने गर्छ भने। तोकिएको समयभन्दा अगाडी नै लकर सरेन्डर गर्दा अतिरिक्त्त शुल्क लाग्छ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगलागीले हिमालयन बैंकको बत्तिस पुतली शाखा पूर्ण रूपमा ध्वस्त हुँदा बैंकको सो शाखामा रहेको दुई सय ५० लकरमध्ये २५ वटा लकरमा क्षति पुग्यो। जसमा २५ वटा लकर क्षति हुँदा त्यहाँ रहेको गरगहना पग्लिएको र आकार बिग्रिएको थियो।
बैंकहरुमा हुने लकर पानी, आगोबाट केही नहुने खालका हुन्छन्। यदि, लकरको चाबी नै ग्राहकलाई सुम्पिने हुँदा बैंकको लकर भित्रको सामान पग्लिँदा, हराउँदा बैंक जिम्मेवार नहुने गरी पहिले नै बैंकले सम्झौता गरेको हुन्छ।
हाल सञ्चालनमा रहेका बैंकहरुले लकरको साइजअनुसार शुल्क लिने गरेका छन्। प्रायजसो बैंकहरुले लकरको आकारलाई सानो, मध्यम, ठूलो र अति ठूलो भागमा विभाजन गरेको पाइन्छ। यसरी बैंकहरुले सामान्य अवस्थामा न्यनतम रकम १५ सय, २ हजारदेखि लकरको आकारको र ग्यारेन्टीको आधारमा १० हजारदेखि १३ हजारसम्म पनि लिने गरेको पाइएको हो।
गत भदौ २४ गते नै वानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखा लुटपाट तोडफोड हुँदा पनि ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो। जसमा लकरमा राखिएको १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद समेत लुटिएको थियो। चोरी तथा लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ नै गरिसकेको छ। तर, यसबाहेक लकरमा राखिएको रकम लुटिएका तथा चोरी भएका अन्य उदाहरण भने छैनन्।





About Us
प्रतिक्रिया