आज सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो।

आज सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्यपनि घटेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो। आज चाँदी तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३१ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।