मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्ने समयअवधि थप,चौमासिक रुपमा कर विवरण दाखिला गर्न पाइने

मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्ने समयअवधि थप,चौमासिक रुपमा कर विवरण दाखिला गर्न पाइने


बैकिङ्ग समाचार,काठमाडौं । 

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि करको विवरण दाखिला गर्न समय अवधि थप गरेको छ ।  साना करदातालाई सुविधा दिन विभागले चार महिनामा करको विवरण बुझाउने गरी समय थप गरेको हो ।

शुक्रबारसूचना जारी गर्दै विभागले वार्षिक एक करोड रुपैयाँसम्मको मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदातालाई चार चार महिनामा विवरण पेश गर्न पाउने गरी व्यवस्था गरेको जनाएको हो । 

२०८० साउनदेखि विवरण बुझाउने अवधिलाई मासिकबाट चौमासिक कायम गरिएको विभागले जनाएको छ ।

यसअघि मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदाताले अब २०८० साल साउनदेखि हरेक चार महिना अर्थात साउन, भदौ, असोज र कार्तिकको विवरण मंसिर २५ गतेसम्म बुझाउनुपर्नेछ  ।

करदाताले मासिक रुपमा नै कर विवरण दाखिला गर्न चाहे त्यो सुविधा पनि जारी रहने र त्यसका लागि करदाताले सम्बन्धित राजस्व कार्यालयमा आजको मितिले १५ दिन भित्र जानकारी दिनुपर्ने विभागले जनाएको छ ।