बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा भाद्र १८ गते सोमबार काठमाडौंस्थीत सोल्टी होटलमा बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘नेशनल इन्स्योरेन्स डिस्कोर्श–२०२३’ सम्पन्न भएको छ ।
‘नेशनल इन्स्योरेन्स डिस्कोर्श–२०२३’ मा विशेषगरी मुख्य ४ सत्रहरुमा छलफल भएको थियो । इन्स्योरेन्स डिस्कोर्शमा संचालन भएका विशेष सत्रहरु यसप्रकार रहेका थिएः
१. बीमा समावेशीतामा संघीय सरकार र स्थानीय निकायबीचको सहकार्य
२. निर्जीवन बीमा क्षेत्रका चुनौती र नेपाली सन्दर्भमा यसका आयामहरू
३. नेपालमा जीवन बीमा कम्पनीहरूको प्रभाव,
४. नेपालमा बीमा कम्पनीहरुको सचेतना र डिजिटलाइजेशन
यसका साथै, विशेष सत्रहरुको अन्त्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग डुओलग बिशेष सत्र पनि भएको छ । डुओलग बिशेष सत्रमा कार्यक्रममा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरुमा बृहत परिसंवाद गरिएको हो ।
प्रतिक्रिया