बैकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको सुधार भएको छ । आज नेप्से ७.०४ अंकले बढेर १ हजार ९ सय ६७ दशमलब ८३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ भने ८९ कम्पनीकोे शेयरमूल्य घटेको छ, १४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावर लिमिटेड १० प्रतिशतले बढेको छ भने दोल्टी पावर कम्पनीको शेयरमूलय ९.९९ प्रतिशतले बढेको छ । ग्रिन भेञ्चर्स लिमिटेड, रुरु जलविद्युत कम्पनी, आशा लघुवित्त वित्तीय संस्था र अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको शेयरमूलय पनि ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया