इन्स्योरेन्सको महत्व सरकारले नै बुझेको छैनः वीमक संघ अध्यक्ष क्षेत्री 

इन्स्योरेन्सको महत्व सरकारले नै बुझेको छैनः वीमक संघ अध्यक्ष क्षेत्री 


बैंकिङ्ग समाचार, काठमाडौं ।
 इन्स्योरेन्सको महत्व सरकारले नै नबुझेको नेपाल वीमक संघका अध्यक्ष एवंम सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताएका छन् ।

आज बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स–२०२३ उद्घाटन सत्रमा बोल्दै यस्तो बताएका हुन् । ‘इन्स्योरेन्सको महत्व, बुझाई जनताप्रति भन्दा पनि सरकारलाई नै बुझाउनु पर्छ उनले भने । सरकारलाई नै बीमाको महत्व, बीमा किन गरिन्छ, बीमा गर्दा सरकारलाई कस्तो खालको सहयोग पुग्छ, साथै जनतामा बीमाको पहुँच बढाउँदा के खालको फाईदा हुन्छ भन्ने कुरा बुझाउन जरुरी छ’उनले भने ।