शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मोबाईल बैंकिङ्गबाट सिधै आइएमई पेमा क्यास लोड गर्न सकिने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मोबाईल बैंकिङ्गबाट सिधै आइएमई पेमा क्यास लोड गर्न सकिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तिय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उदेश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले बैंकको मोबाईल बैंकिङ्गबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस समाज निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गरेको छ ।