माउण्टेन इनर्जीले बोलायो १२ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – माउण्टेन इनर्जी लिमिटेडले मंसिर २९ गते आफ्ना शेयरधनीहरुलाई १२ औं वार्षिक साधारण सभामा बोलाएको छ । उक्त सभा काठमाडौंकाे भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको हो ।

सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा मंसिर १६ गतेसम्म कारोबार भई शेयर खरिद गरि आफ्ना नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग योग्य रहने कम्पनीले जनाएको छ ।