काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् । कम्पनीकाे १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हाे।
उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्माज्यूसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल छन् ।
बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा –चिफ एग्रिकल्चर एन्ड अदर कर्परेट लोन्सको रुपमा कार्यरत रहेका छन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।






About Us
प्रतिक्रिया