बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ ।
बैंकले कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्ताका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने विश्वास बैंकले लिएको उल्लेख गरेको छ ।
बैंकले देशैभरी आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकाे छ ।
प्रतिक्रिया