बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंकको शेयर सूचीकृत भएको छ । साविकको लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएपश्चात लक्ष्मी सनराइज बैंकको नाममा यी दुई बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर सूचीकृत भएको हो । आइतवार सूचीकृत भएको उत्तः शेयर आज सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । यी दुई बैंक १ः१ को अनुपातमा मर्जरमा गएका हुन । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ ।
नेप्सेले पहिलो कारोबारको लागि बैंकलाई १७३ रुपैयाँ ५ पैसाको ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीको स्टक सिम्बोल एलएसएल (LSL) रहेको छ । दुबै बैंक एक आपसमा मर्ज भएपछि असार २९ गते लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।
प्रतिक्रिया