४१ दिनमा सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढ्यो  

४१ दिनमा सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढ्यो  


बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारको खर्च भन्दा आम्दानी दोब्बरले बढेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १० गतेसम्मको अवस्थामा खर्च भन्दा आम्दानी बढी देखिएको हो । सरकारले यो अवधिमा १ खर्ब बढी आम्दानी गर्दा ५३ अर्ब मात्र खर्च भएको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार सरकारले उठाउने कर, गैर कर, अनुदान र अन्य प्राप्ति गरेर १ खर्ब ७८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, यो अवधिमा खर्च भने ५३ अर्ब ९० करोड ४० लाख रुपैयाँ भएको छ । चालू खर्चको हिस्सा २४ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ छ भने पुँजीगततर्फ ३ अर्ब ३८ करोड २३ लाख रुपैयाँ खर्च भएको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ २५ अर्ब खर्च भएको छ ।

सरकारको आम्दानी भन्दा खर्च बढिरहेको बेला यो पटक भदौमा भने आम्दानी बढी देखिएको छ । यद्यपि सरकारले अहिले खर्च जोहोका लागि साउन देखिनै आन्तरिक ऋण धने उठाइरहेको छ । यो वर्ष सरकारले १४ खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ विभिन्न शीर्षकबाट उठाउने लक्ष्य लिएको छ । भने यो अवधिमा १७ खर्ब ५१ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य हो ।