लगातार दुईदिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १ हजार रूपैयाँले बढ्याे मूल्य


काठमाडौं – शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य ताेलाको २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ३ हजार १० सय रुपैयाँमा किनबेच भएको थियो।