बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि आधारभूत बैकिङ्ग सेवा दिनलाई बैंकहरुलाई निर्देशन दिएको छ। कर्मचारीमा आलोपालो प्रणाली लागू गरेर भएपनि न्युनतम आधारभूत बैकिङ्ग सेवा दिनलाई राष्ट्र बैंकले निर्देशन दिएको हो।
विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिस्चितता गरि ड्राफ्ट, टिटी, प्रतितपत्र लगायतका सेवालाई पनि निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यस्तै एटिएम मेसिनमा पर्याप्त रकम राखेर त्यसको निगरानी गर्नलाई समेत निर्देशन दिएको छ।
सरकारले बुधबार राति १२ बजेदेखि काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेपछि राष्ट्र बैंकले आज एक बिज्ञप्ती जारी गर्दै निर्देशन दिएको हो।
निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई विशेष पास नचाहिने समेत सरकारले स्पष्ट पारेको छ । अब बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीले कार्यालयले उपलब्ध गराएको फोटोसहितको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
राष्ट्र बैंकले सरकारले निषेधाज्ञा गरेको समयमा बैंक तथा वित्तीय संस्थाले कसरी काम गर्ने भन्ने बारेमा सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले सूचना जारी गर्दै यो अवधिमा स्वास्थ्यको मापदण्ड पुरा गरेर काम गर्न भनेको छ । कोरोनाको असर बढ्दै गएको भन्दै विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्नो ग्राहकलाई सम्भव भएसँगै विद्युतीय माध्यमबाट कारोबार गर्न भनेको हो ।
यस्तै एटीएम मेसिनमा पर्याप्त नगद राख्ने र त्यसको निगरानी गर्न पनि भनेको छ ।






About Us
प्रतिक्रिया