सांग्रिला डेभलपमेन्ट बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ३४ हजार ८७४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक शेयरधनीहरु शिब लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता, गोबर्धन ढकालको नाममा रहेको २८ हजार कित्ता, दिन बन्धु कुँवरको नाममा रहेको १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीको नाममा रहेको २३ हजार कित्ता र ज्योति पाण्डेको नाममा रहेको २ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि बैंकले संस्थापक शेयरधनीहरुलाई मात्र शेयर बिक्री खुला गरेको भएपनि तोकिएको ३५ दिनको अवधिमा संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न पाउने गरि शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण सहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिन सेक्नेछन् ।