बैंकिङ्ग समाचार, काठमाडौं ।
सनी सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) ले धितोपत्र बोर्डबाट बुधबार धितोपत्र सम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको छ ।
पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ । २०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापुँजी वृद्धि गर्दै हाल ६० करोड पुर्याएको छ ।
पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स पाएपछि कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले भने, ‘पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको छ । अब हामी थप जिम्मेवार बन्दै सम्पूर्ण सेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्नेछौँ ।’
प्रतिक्रिया