सेञ्चुरी बैंकको प्रगति कायमै, खुद नाफा ९० करोड माथि

राजु ढुङ्गेल
70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार । 
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आवको यसै अवधिमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ३४ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ४.७५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ।

बैंकको जगेडा कोषको आकार १ अर्ब ८६ लाख रुपैयाँबाट ५२.१९ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आवमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक १०.७७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२६.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.३४ गुणा छ।

बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६।७७ को चौथो त्रैमास वित्तीय विवरण अनुसार बैंकले ६५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले २ अर्ब ८६ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो आवको यहि अवधिसम्मको तुलनामा २७ करोड धेरै हो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन नाफा २० करोड २९ लाख बढेर १ अर्ब २२ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर १.९१ प्रतिशतले घटेर ९.३८ प्रतिशतमा कायम रहँदा निष्क्रिय कर्जा अनुपात ०.८१ प्रतिशतले बढेर २.२१ प्रतिशत पुगेको छ। खराब कर्जा बढेपछि बैंकको कर्जा नोक्सानी व्यवस्थामा ५३ करोड ४५ लाख रुपैयाँ व्यवस्था गरेको छ।