बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरुलाई लक्षित गर्दै निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण विशेष अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् ।
यो योजना श्रावण १६ गतेदेखि सिमित अवधिका लागि लागु हुनेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया