शेयर बजारमा ५ प्रतिशतको गिरावट, ४० मिनेटलाई रोकियो कारोबार


काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर घट्न थालेको छ । कारोबार सुरु भएको पहिलो ५ मिनेटमा नै परिसूचक १०७ अंक अर्थात ४ प्रतिशतले घटेर बन्द भएको थियो । तर, २० मिनेटपछि खुलेको बजार खुलेको १ मिनेट पनि नपुग्दै पुनः १ प्रतिशतले घटेर फेरी बन्द भएको हो ।

यससँगै, कारोबार खुलेको २५ मिनेटको अवधिमा परिसूचक ५ प्रतिशत अर्थात १३३ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २५ सय ३८ अंकमा आएर रोकिएको छ ।