काठमाडौं – जेनजी आन्दोलनको उग्रताबीच देशभरका विभिन्न कारागारबाट १४ हजार भन्दा बढी कैदीहरू भागेका छन् । देशभरका विभिन्न जिल्ला कारागारहरूबाट र राजधानीका विभिन्न कारागारहरूबाट कैदीहरू भागेका हुन् । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार राजधानीका कारागारहरूबाट सबैभन्दा बढी कैदीहरू फरार भएका छन् । फरारमध्ये हाइप्रोफाइल राजनीतिक र आपराधिक अभियोगमा रहेका व्यक्तिहरू समेत परेपछिका छन् । काठमाडौंका दुई प्रमुख जेलहरूबाट नख्खु र सुन्धाराबाट धेरै संख्यामा ‘हाइप्रोफाइल’ कैदी भागेका छन् ।
हाइप्रोफाइल कैदीहरूलाई जेनजीको नाममा रहेका अराजक समूहहरूले मंगलबार प्रहरी वृत्तमा तोडफोड र आगजनी गरेर भगाएका थिए । त्यही आडमा कारागार भित्रै रहेका कैदीहरूले बुधबार भाग्नका लागि कारागार तोडफोड र आगजनी गरेका थिए । उनीहरूले अन्य कारागारका कैदी भागेको भन्दै भग्न चाहेको इच्छा व्यक्त गरेका थिए ।
यसमध्ये, पाण्डेले कारागारबाट भागेर राति ११ बजेतिर भागेपछि कारागार प्रशासनलाई फोन गरी ‘म पछि आउँछु’ भनेका छन् । हाल उक्त कारागारमा करिब ५ सय कैदी मात्रै बाँकी छन् । प्रहरीका अनुसार सुनधारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका हुन् । आन्दोलनकारीहरूले आक्रमणपछि सुरक्षाकर्मीलाई पराजित गर्दै कैदीहरूलाई बाहिर निकाल्न सफल भएका थिए ।
नेपालका हाइप्रोफाइल कैदीबन्दी रहेका कारागार नै सुरक्षा दृष्टिकोणले कमजोर रहेकाले गर्दा कारागारबाट भाग्न सहज भएको हो । विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरण, ठुला आर्थिक घोटाला, सङ्गठित अपराध तथा राजनीतिक संवेदनशील मुद्दामा संलग्न भनिएका उच्च पदस्थ व्यक्ति र चर्चित अपराधीहरू रहेका कैदी पनि फरार छन् ।
कारागारको भौतिक संरचना जीर्ण हुनु, निगरानी प्रणालीको अभाव हुनु र पर्याप्त प्रशिक्षित सुरक्षाकर्मी नहुँदा र जेनजी आन्दोलनकारीहरूको नाममा रहेका अराजक समूहले हाइप्रोफाइल कैदी बन्दीलाई भगाएका थिए । त्यसै क्रममा डिल्लीबजार कारागारमा रहेका कैदीहरूले पनि कारागारमा आगो लगाइदिएका थिए । त्यो कारागारमा हाइप्रोफाइल कैदीहरू केबी उप्रेती, याम बहादुर मल्ल, गुन्डा नाइके दीपक मनाङे, कमल ज्ञवाली, इच्छाराज तामाङ, तत्कालीन कोशी प्रदेशसभाका सचिव गोपाल पराजुली, पृथ्वी मल्ल थिए ।
उल्लेखित हाइप्रोफाइल कैदीहरू नै भाग्न खोजे पछि अन्य कैदीहरू पनि भाग्न खोजेका थिए । तर पूर्व मन्त्री समेत भएका मनाङे भने भाग्न चाहेका थिएन । मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको आदेश भएको थियो । अदालतको आदेशपछि केही समयसम्म लुकेर बसेका गुरुङ अन्ततः प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
डिल्लीबजार कारागारका ती हाइप्रोफाइल कैदीहरू भाग्न खोजेपछि सेनाले कारागारबाट बाहिर निस्किएका कैदीहरूलाई गेटमै रोकेको थियो । त्यस्तै, ललितपुरमा रहेको नख्खु जेलबाट सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने र जनकपुर बम विस्फोट अभियोगमा सजाय काटिरहेका कुख्यात अपराधी सञ्जय टक्ला पनि फरार भएका छन् । तर,अहिलेसम्ममा हाई प्रोफाइल कैदीबन्दीहरुमा सञ्जय ‘टक्ला’लाई पुनः पक्राउ गरिएको छ ।
उल्लेखित हाइप्रोफाइल कैदीहरू नै भाग्न खोजे पछि अन्य कैदीहरू पनि भाग्न खोजेका थिए । तर पूर्व मन्त्री समेत भएका मनाङे भने भाग्न चाहेका थिएन । मनाङेलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको आदेश भएको थियो । अदालतको आदेशपछि केही समयसम्म लुकेर बसेका गुरुङ अन्ततः प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
साना बचतकर्ताको रकम जम्मा गर्ने सहकारीको रकम ठगी गरेको आरोपमा जेल जीवन बिताइरहेका लामिछानेलाई पनि उनीहरूले निकालेका हुन् । यता उनले भने सबै कानुनी प्रक्रिया पूरा गरेरै जेलबाट निस्किएको दाबी गरिरहेका छन् । सोही समयमा कारागारका अन्य सबै जना कैदीहरू पनि बाहिर निस्किएर फरार भएका थिए । उनी नख्खु जेलबाट छुटे लगत्तै अन्य स्थानका कारागारहरूबाट पनि कैदीहरू फरार भएका थिए ।
यति मात्र नभई देशका अन्य क्षेत्रहरूबाट बैंकिङ्ग कसुरका घटना तथा अन्य विभिन्न घटनाहरूमा संलग्न हाइप्रोफाइलहरु कैदीहरू फरार भएका छन् । सुनधारा कारागार, काठमाडौंमा भएको ठुलो ब्रेकआउटमा पूर्व गृह सचिव टेक नारायण पाण्डे, र एमालेका पूर्व सचिव टोप बहादुर रायमाझी भागेका छन् । यी दुवै जना उच्च तहका राजनीतिक र प्रशासनिक पदमा रहेर भ्रष्टाचार तथा आपराधिक मुद्दामा कारावासमा थिए ।
त्यस्तै, यस कारागारबाट बहुचर्चित सुन तस्कर चूडामणि उप्रेती (गोरे) समेत फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारका तोडफोड र आगजनी गर्दै कैदीहरू भाग्ने क्रममा गोरे समेत भागेका हुन् । सुन तस्करी, हत्याका नाइकेका रूपमा चिनिएका गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् ।
रसुवा कारागारबाट सबै कैदी बन्दी फरार भएका थिए । त्यहाँबाट भाग्ने कैदीहरूमा कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि रहेका छन् । उनी अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए ।
यसमध्ये, पाण्डेले कारागारबाट भागेर राति ११ बजेतिर भागेपछि कारागार प्रशासनलाई फोन गरी ‘म पछि आउँछु’ भनेका छन् । हाल उक्त कारागारमा करिब ५ सय कैदी मात्रै बाँकी छन् । प्रहरीका अनुसार सुनधारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका हुन् । आन्दोलनकारीहरूले आक्रमणपछि सुरक्षाकर्मीलाई पराजित गर्दै कैदीहरूलाई बाहिर निकाल्न सफल भएका थिए ।
नख्खु जेलमा करिब १५ सय कैदीमध्ये सयौँ भागेका थिए भने सुनधाराबाट मात्र ३३ सय भन्दा बढी कैदी फरार भएका थिए । तर कारागारबाट भागेका कैदीहरू मध्ये १ हजार ४ सय ५५ जना कैदीलाई पुन पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएका छन् । साथै, रसुवा कारागारबाट सबै कैदी बन्दी फरार भएका थिए । त्यहाँबाट भाग्ने कैदीहरूमा कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि रहेका छन् । उनी अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए ।





About Us
प्रतिक्रिया