बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज झिनो अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन बुधवार नेप्से ४.६८ अंकले बढेर १ हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से २५.६६ अंकले बढेर १ हजार ९ सय २७ दशमलब ६५ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा सामान्य अंकको भएपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार १ अर्ब ९८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७४ कम्पनीकोे शेयरमूल्य घटेको छ, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३५३ रुपैयाँ पुगेको छ ।
आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढिले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढीे सोल्टी होटल्सको कारोबार भएको छ । यस कम्पनीको आज १० करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया