बैकिङ्ग समाचार ।
आर्थिक वर्ष ७६/७७ मा नेपाल बैंकले २ अर्ब ५५ करोड ६४ लाख खुद नाफा गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफामा ४ करोड ३ लाखले मात्र गिरावट आएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ५९ करोड खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २१ करोड रहेको छ।
बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड रहेको छ भने बैंकको कुल संचालन आम्दानी ६ अर्ब ६० करोड रहेको छ । त्यस्तै बैंकको संचालन मुनाफा ३ अर्ब ५६ करोड रहेको छ भने कर अगाडीको नाफा ३ अर्ब ८२ करोड रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा २.५९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खराब कर्जा २.६४ प्रतिशत थियो ।
त्यस्तै यस अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड रहेको छ भने बैंकको रिजर्भमा १२ अर्ब ९८ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी २२.६६ , नेट वर्थ २६७.५०, कोषको लागत ४.१९ प्रतिशत, सिसिडि ६५.७८ प्रतिशत, बेस रेट ६.९९ प्रतिशत र स्प्रेड दर ३.७० प्रतिशत रहेको छ ।
प्रतिक्रिया