पूँजीगत लाभकर सम्बन्धमा लगानीकर्ता र सरकारको सहमति भएसँगै आज नेप्सेमा उच्च वृद्धि

पूँजीगत लाभकर सम्बन्धमा लगानीकर्ता र सरकारको सहमति भएसँगै आज नेप्सेमा उच्च वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानीकर्ताले तिर्नु पर्ने पूँजीगत लाभकर सम्बन्धमा सरकार र लगानीकर्ताबीच आज सहमति भएपश्चात शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतवार नेप्से अंकले ५३.०३ बढेर १ हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बिहिवार नेप्से १६.५४ अंकले बढेर १ हजार ८ सय ६६ दशमलब ३४ विन्दुमा बन्द भएको थियो ।

नेप्से उच्च अंकले बढेपनि कारोबार भने आज स्थिर रहेको छ । आज नेप्सेमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

आज आइजिआई प्रुडेन्सीयल इन्स्योरेन्सको शेयरमूल्य कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४०७.९० रुपैयाँ पुगेको छ भने अन्य ५ कम्पनीहरुको शेयरमुल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छ ।

नेप्सेमा आज पाँच कम्पनीको शेयरमुल्यमा १ प्रतिशत भन्दा बढिको गिरावट आएको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।