बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पनि उच्च अंकले घट्ने क्रम जारी रहेको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ३८.८३ अंकले घटेर १ हजार ८ सय ४९ दशमलब ७९ विन्दुमा बन्द भएको हो । मंगलवार नेप्से ५३.१६ अंकले घटेर १ हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।
नेप्से घटेसँगै कारोबार रकममा पनि आज सामान्य गिरावट भएको छ । आज नेप्सेमा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च र्वद्धि भएको छ । यस कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०००.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज युनिलिभर नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ३४ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया