बैंकिङ्ग समाचार, काठमाडौं ।
थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको सम्पूर्ण कित्ता आईपीओ बाँडफाँड गरेको छ ।
कम्पनीले वैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आईपीओ जेठ १६ गते बाँडफाँड गरिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको थियो । स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आईपीओ भने बाँडफाँड गर्न बाँकी छ । स्थानीयमा समेत बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नेछ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया