बैकिङ्ग समाचार ।
नेपाल बङ्गलादेश बैंकले साउन २५ गते आइतबारदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले हाल मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको हो। नयाँ परिवर्तित ब्याजदर अनुसार अब नेपाल बङ्गलादेश बैंकमा मुद्दती निक्षेप राख्ने व्यक्तिगत निक्षेपकर्ताले एक वर्षभन्दा बढी अवधिमा ८.२५ प्रतिशत ब्याजदर पाउनेछन्।
यसैगरि संस्थागत बचकर्ताले मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज पाउनेछन् भने यसअघि नेपाल बङ्गलादेश बैंकमा मुद्दती निक्षेप राख्दै आएका संस्थाले सोही बैंकमा पुन: नवीकरण गर्न चाहेमा थप ०.१० प्रतिशत गरी ७.१० प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ।
यसअघि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ८.५० प्रतिशत र नवीकरण हुने मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याज दिँदै आएको थियो।
उक्त ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया