बजेटको शेयर बजारमा नकारात्मक प्रभाव, ५३.१६ अंकले नेप्से घट्दा कारोबार रकम सवा २ अर्ब माथि

बजेटको शेयर बजारमा नकारात्मक प्रभाव, ५३.१६ अंकले नेप्से घट्दा कारोबार रकम सवा २ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटको नकारात्मक प्रभाव देखिएको छ । सरकारले शेयर लगानीकर्तालाई उत्साहित बनाउने कुनै प्रकारको विशेष नीति ल्याउन नसक्दा नयाँ बजेटले शेयर बजारमा निराशा छाएको हो ।

साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ५३.१६ अंकले घटेर १ हजार ८ सय ८८ दशमलब ६१ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात आइतवार नेप्से १७.३८ अंकले घटेर १ हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको थियो ।

नेप्से घटेसगैँ कारोबार रकममा पनि आज गिरावट भएको छ । आज नेप्सेमा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८१८.६० रुपैयाँ पुगेको छ भने बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३७२.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज स्वेतगंगा हाइड्रोपावर उण्ड कन्स्ट्रकसन र सिटिजन्स म्युचल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यि कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।