बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार १ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । आदर्श लघुवित्तलाई गाभेर डिप्रोक्स लघुवित्तले असार १ गतेदेखि डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ।
गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन , भरतपुरमा रहने जानकारी समेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
दुवै लघुवित्तबीच शेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता शेयर बराबर आदर्श लघुवित्तको १ कित्ता शेयर कायम हुनेछ ।
मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् ।
प्रतिक्रिया