बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ११ लाख ३१ हजार १८ दशमलव ०७ कित्ता, प्रभु इन्स्योरेन्सको ८ लाख ६४ हजार १०६ दशमलव ७६ कित्ता र हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को १ करोड ६ लाख ३८ हजार १३३ दशमलव ७५ कित्ता गरी कुल १ करोड २६ लाख ३३ हजार २५८ दशमलव ५९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
स्वरोजगार लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २२ प्रतिशत बोनस शेयर र प्रभु इन्स्योरेन्सले फागुन २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै एचआइडिसिएलले गत पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया