उच्च उतारचढावकाबिच साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे २ अर्ब माथि

उच्च उतारचढावकाबिच साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे २ अर्ब माथि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजेट आउने अघिल्लो दिन आज आइतबार शेयर कारोबारमा उत्साह देखिएन । नेप्सेमा आज अत्यधिक उतारचढाव देखिएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से १७.३८ अंकले घटेर १ हजार ९ सय ४१ दशमलब ७४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन अर्थात बुधवार नेप्से १६.४९ अंकले बढेर १ हजार ९ सय ५९ दशमलब १२ विन्दुमा बन्द भएको थियो ।

नेप्से घटेपनि कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आज नेप्सेमा २ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीको शेयरमूल्य घटेको छ, ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९३.८० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६५३.३० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज २१ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।