बैंकिङ्ग समाचार, काठमाडौं ।
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा असार ३ गतेका लागि बोलएको छ । यस अघि जेठ ३० गतेका लागि तय गरेको उक्त सभा विशेष कारणबस कम्पनीले स्थगित गरेको थियो ।
संस्थाको शनिबार बसेको संचालक समितिको बैंठककोे निर्णयले सभा काभ्रेको बनेपास्थित अरनिको पार्टी प्यालेसमा असार ३ गते विहान १०:३० बजे आह्वान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । सभाले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न सर्वसाधारणतर्फ अपुग ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले नेशनल माइक्रोफाइनान्ससँग मर्जर प्रक्रिया स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि कायम गरिएको नेशनलको १०० बराबर समीटको ७३ कित्ता सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ । मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्र लगायत मर्जरसम्बन्धी अन्य सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने निर्णय पनि सभाले पारित गर्नेछ । मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनछेन् ।
प्रतिक्रिया