शेयर बजारमा आज पनि सामान्य वृद्धि, ८.१० अंकले बढेको नेप्सेमा कारोबार रकम भने घट्यो

शेयर बजारमा आज पनि सामान्य वृद्धि, ८.१० अंकले बढेको नेप्सेमा कारोबार रकम भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज लगातार दोस्रो दिन सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से ८.१० अंकले बढेर १ हजार  ८ सय ९१ दशमलब ३१ विन्दुमा बन्द भएको हो । आईतवार नेप्से ५.८८ अंकले बढेर १ हजार ८ सय ८३ दशमलब २० विन्दुमा बन्द भएको थियो ।

नेप्से बढेपनि कारोबार रकममा भने आज गिरावट भएको छ । आज नेप्सेमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवार नेप्सेमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार थियो ।

आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ, १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२४२.२० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।