बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन लघुवित्तसहित चार कम्पनीको ३२ लाख कित्ता बढि बोनस शेयर सूचीकृत भएको छ । नेएनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस पछिको १३ लाख २६ हजार ६१४ दशमलव ३६ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनपछिको ५ लाख ७६ हजार ८१ कित्ता र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनसपछिको ८ लाख २९ हजार २६ दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको छ । त्यसैगरी सबैको लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत बोनसपछिको ४ लाख ८६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
प्रतिक्रिया