एनआइसी एशियाको सुपर चमत्कारिक कर्जाबाट पाईने फाइदा जाँच्न ‘लोन बेनिफिट क्याल्कुलेटर’

एनआइसी एशियाको सुपर चमत्कारिक कर्जाबाट पाईने फाइदा जाँच्न ‘लोन बेनिफिट क्याल्कुलेटर’


बैकिङ्ग समाचार ।  
एनआइसी एशिया बैंकले ‘सुपर चमत्कारिक कर्जा’बाट कर्जाको ब्याज तथा किस्ता रकममा पाउन सकिने मासिक तथा वार्षिक फाइदाहरू ‘लोन वेनिफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ।

सेवाग्राहीहरूले यस बैंकको वेबसाइटमा ‘लोन बेनिफिट क्याल्कुलेटर’मा गएर वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिने बैंकले बताएको छ।

सो ‘लोन बेनिफिट क्याल्कुलेटर’मा चाहिने विवरणहरू हुन्छ।

जस्तैः अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपछि सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिने बैंकले बताएको छ।

यस बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्नसक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिएअनुसार यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिनसक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ।

यसमा ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाईनमार्फत कर्जा आवेदन दिनसक्ने सुविधा रहेको छ। सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ।

साथै, आवेदकको कर्जा स्वीकृतीको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ। ग्राहकले यस बैंकको वेबसाइटमा गई लोन स्टाटस समेत आफै ट्र्याक गर्न सक्नेछन्।

बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ल्याएको बताएको छ।

यस बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।