सिटी होटलको आइपीओ बाँडफाँड, १ लाख ३५ हजार ५९४ जनालाई १० कित्ता शेयर वितरण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले बैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको शेयर आइपीओ आज शुक्रबार बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता शेयरको लागि आवेदन परेको तियो । त्यसमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्ध भएको छ ।

त्यस अनुसार १० लाख ९२ हजार ६६७ जनाको योग्य आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्धारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये पहिलो चरणमा, १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।