बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से ३२.३० अंकले बढेर १ हजार ८ सय ७७ दशमलब ३२ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २३.३९ अंकले बढेर १ हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्सेमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो ।
आज कारोबार भएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ, ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८१.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०२६.७० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार एनआईबीएल ग्रोथ फण्डका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया