कालिका लघुवित्तको १९ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरि जारी

कालिका लघुवित्तको १९ हजार बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरि जारी


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ हजार ७०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र जारी गर्दा वितरण हुन नसकेपछि सर्वसाधारणले समेत आवेदन दिन सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीका आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले शेयरको मूल्य नतोकेकाले खरीदकर्ताहरूले के कति मूल्यमा खरीद गर्ने हो सो समेत आवेदनमा खुलाउनुपर्नेछ ।