नेप्सेमा आज दोहोरो अंकको वुद्धि, कारोबार रकममा पनि सुधार

नेप्सेमा आज दोहोरो अंकको वुद्धि, कारोबार रकममा पनि सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको कारोबारको चौथो दिन आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से २३.३९ अंकले बढेर १ हजार ८ सय ४५ दशमलब ०१ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ३.२९ अंकले बढेर १ हजार ८ सय २१ दशमलब ६० विन्दुमा बन्द भएकोे थियो । 

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज नेप्सेमा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । मंगलबार नेप्सेमा ६२ करोड १ लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । 

आज कारोबार भएका १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीको शेयरमूल्य घटेको छ, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९३३.४० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ५ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।