नेप्सेमा स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको साढे १४ लाख कित्ता बढि बोनस शेयर सूचीकृत

नेप्सेमा स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्तको साढे १४ लाख कित्ता बढि बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको साढे १४ लाख कित्ता बढि बोनस शेयर सूचीकृत भएको छ । आज स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारणसभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत दरका कुल १२ लाख २१ हजार ७७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

उक्त लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।