बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो लाभांश प्रस्ताव नेपाल सरकार अर्थमन्त्रालयबाट सहमति प्राप्त गरेपछि र कोषको वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कोषको बैशाख २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कोषले शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया