मोदी इनर्जिको आईपीओ बाँडफाँड, ५ लाख ६१ हजार २२६ जनाले पाए १० कित्ता शेयर

मोदी इनर्जिको आईपीओ बाँडफाँड, ५ लाख ६१ हजार २२६ जनाले पाए १० कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
मोदी इनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । आज बिक्रि प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा उक्त आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको ५५ लाख ५९ हजार ४२० कित्ता र वैदेशिक रोजगारी तथा आयोजना प्रभावितका लागि छुट्याइएको मध्ये बिक्रि नभएको गरी कुल ५६ लाख १२ हजार २६० कित्ता आइपीओ सर्वसाधारणमा जारी गरेको थियो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँड गरिएको छ ।