नेपाल रिपब्लिक मिडियाको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजबाट आवेदन दिन पाउने

नेपाल रिपब्लिक मिडियाको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आजबाट आवेदन दिन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न ल्याएको हो । लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।