अन्नपूर्ण केबलकारले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अन्नपूर्ण केबलकारले आईपीओ जारी गर्दै, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


बैंकिङ्ग समाचार, काठमाडौं ।
अन्नपूर्ण केबलकारले सर्वसाधारणमा आईपीओ जारी गर्दैछ । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण शेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ । अन्नपूर्ण केवलकार नेपालमा सञ्चालित केवलकारमध्ये हिम शृङ्खलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाउन विक्री प्रबन्धक नियुक्त गरेको छ । वैशाख २७ गते एक कार्यक्रम आयोजना गरी कम्पनीले आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो । विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।