हिजो दोहोरो अंकले बढेको नेप्से आज २.४३ अंकले घट्यो, ५८ करोडको कारोबार

हिजो दोहोरो अंकले बढेको नेप्से आज २.४३ अंकले घट्यो, ५८ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
हिजो दोहोरो अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज फरि सामान्य अंकको गिरावट भएको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से २.४३ अंकले घटेर १ हजार ८ सय ४१ दशमलव ९३ विन्दुमा पुगि बन्द भएको हो । मंगलवार नेप्से १०.६६ अंकले बढेर १ हजार ८ सय ४४ दशमलव ३६ विन्दुमा भएको थियो ।

त्यस्तै, नेप्सेमा झिनो अंकको वृद्धि भएसँगै कारोबार रकम पनि गिरावट भएको छ । नेप्सेमा आज ५८ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । मंगलवार नेप्सेमा ७७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीको शेयरमूल्य घटेको छ, १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता १६३.६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा एनसिसि डिबेन्चर २०८६ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज यसको शेयरमूल्य ७.२४ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।